पानीमा डुबेर एक बालकको मृत्यु
धनुषा | असोज ७, २०८०
सांकेतिक तस्बिर
धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।
बटेश्वर गाउँपालिका-१ स्थित धुमासन टोलमा बिगही खोलामा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय धिरजकुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालक शनिबार दिउँसो साथीहरूसँगै बिगही खोलामा खेल्न गएका थिए।
परिवारका अनुसार नुहाउने जानेक्रममा चिप्लेर बालक गहिरो खाल्डोमा खसेका थिए। धिरजकुमारसँगै अन्य दुई जना बालक पनि खोलामा गएका थिए। धिरजकुमार डुबेपछि अन्य दुई साथीले स्थानीयलाई बोलाएका थिए।
खाल्डोबाट उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको हो। उक्त खोला खन्न तीन वर्षअघि बटेश्वर गाउँपालिकाले ठेक्का लगाएको थियो। घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

